अहिलेकाे गठबन्धन निरन्तर अघि बढ्छ, फुटाउने र जोड्ने समय अब सकियो : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले केही दिनपछि नै राष्ट्रपतिको एजेण्डाले स्थान पाउने र सत्तारूढ दलहरूसँग छलफल गरेपछि उम्मेदवारको टुंगो लाग्ने बताए। उनले कांग्रेसले गरेको कुराको अपेक्षा आफूलाई जानकारी नरहेको भन्दै गठबन्धन सरकारमा बहुमत रहेकाले गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने निश्चित रहेको बताए। उनले सरकारमा भएका दलहरूले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपति बन्ने दाबी गरे।

सांसद शर्माले गठबन्धन फुटाउने र जोड्ने समय अब सकिइसकेको भन्दै अहिले बनेको गठबन्धन निरन्तर अघि बढ्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर