प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबाेल गजुरेल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले प्रमुख राजनीतिक सल्लाहकार भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको र नियुक्ति दिएको गजुरेलले बताए। प्रधानमन्त्री प्रचण्डले गजुरेलाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए।

गजुरेल सिन्धुलीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न चाहन्थे। तर, उनको ठाउँमा युवा नेता लेखनाथ दाहालले टिकट पाएर निर्वाचित भएका थिए।

आफूले टिकट नपाएकोमा असन्तुष्टि जनाउँदै गजुरेलले असहमतिपत्रसमेत माओवादी पार्टी कार्यालयमा बुझाएका थिए।

त्यसलाई बुझेर प्रधानमन्त्री प्रचण्डले आफूलाई सहयोग गर्ने जिम्मेवारी लिन गजुरेलसँग आग्रह गरेका थिए। गजुरेल माओवादीभित्र प्रचण्डका आलोचक र समर्थक दुवै मानिन्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *