सत्ता राजनीतिकाे दबदबाले निष्ठाकाे राजनीति किनारामा पर्‍याे : रामचन्द्र पाैडेल

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दलहरूलाई एकताबद्ध भएर अघि बढन आग्रह गरेका छन्। राष्ट्रलाई बचाउनका लागि सबै राजनीतिक दलहरूले एकताबद्ध भएर अघि बढनुपर्नेे बेला आएको वरिष्ठ नेता पौडेलको भनाइ थियो।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मुलुकमा निराशाको कालो बादल मडारिएको उल्लेख गर्दै त्यसलाई फटाउनका लागि पनि दलहरू एक ठाउँमा उभिएर अघि बढनुपर्ने तर्क गरे। वरिष्ठ नेता पौडेलले सत्ता राजनीतिको दबदबाले निष्ठाको राजनीति किनारामा पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

उनले वर्तमान संविधानमाथि देशभित्र र बाहिरबाट समेत प्रहार भइरहेको भन्दै त्यसलाई जोगाउन पनि कांग्रेस र कम्युनिष्ट दुवै शक्तिहरूले मिलेर अघि बढ्नुपर्ने बताए।

वरिष्ठ नेता पौडेलले रेमिटयान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाई मुलुकको समृद्धिमा योगदान दिने काममा ढिलाइ गर्न नहुने पनि बताए। राष्ट्र निर्माणका लागि पनि हरेक लगानी उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *