तीन सरकारी वाणिज्य बैंकहरू पनि मर्जर हुनुपर्छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीनवटा सरकारी वाणिज्य बैंकहरू पनि मर्जर हुनुपर्ने आशय व्यक्त गरेका छन्।

मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंकहरू पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताएका हुन्। उनले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैंकहरूको मर्जरले सरकारी बैंक सानो हुन नखोज्दा नखोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैंकहरूले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताए।

उनले सरकारले अहिले निजी क्षेत्रका बैंकको मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको बताए। गभर्नर अधिकारीले निजी क्षेत्रका बैंकहरूले अहिलेको व्यावसायिक आवश्यकता बुझेर मर्जर गरिरहेको बताए।

उनले सरकारी बैंकहरू अहिलेको व्यावसायिक आवश्यकता बुझ्न पछाडि भएको शंका राष्ट्र बैंकलाई लागेको बताए। उनले आवश्यकतालाई सरकारी बैंकहरूले महसुस गरेर नेपाल सरकार र तीनवटा सरकारी बैंकहरूबीच छलफल गरेर वास्तविक आवश्यकता हो भने मर्जरका लागि अगाडि बढ्नु उपयुक्त हुने बताए।

गभर्नर अधिकारीले बैंकिङ व्यवसाय चुनौतीपूर्ण व्यवसाय भएको बताए। उनले एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना उठ्न नसके ३ अर्बको पुँजी व्यवस्था गर्नुपर्ने अवस्था आउने बताए। उनले राष्ट्र बैंक मुलुकभर बैंकिङ सेवा विस्तार गर्न लागिरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *