व्यवसायी आचार्यको आत्मदाहपछि प्रहरीले भन्यो, ‘पेट्रोलकाे खुला रूपमा बिक्री वितरण नगर्नू’

नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्री वितरण नगर्न अनुरोध गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गए राति सूचना जारी गरी पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले पछिल्लो समय काठमाडौंका केही पेट्रोलपम्पबाट खुला रूपमा बोत्तल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आग्रह गरेकाे छ।

पेट्रोलपम्पबाट सिधै सवारी साधनमा भर्नेबाहेक खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न, नगराउन सञ्चालकलाई सूचित गरिएको प्रहरीले जनाएको छ। मंगलबार दिउँसो एक युवाले काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले उक्त सूचना सार्वजनिक गरेको हो।

सुरक्षा संवेदनशीलताको सूचनाविपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानूनबमोजिम हैदसम्मको कानूनी कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर