भारतको गणतन्त्र दिवस मनाइयो

काठमाडौंस्थित भारतीय राजदुतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ ।

बिहीवार राजदुतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको हो ।

सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्याएकाे योगदानलाई कदर गर्दै केही व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ । साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीहरुको सम्मानमा उनीहरुको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो ।

त्यसअघि दुतावास परिसरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए।

दुतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ । भारतले हरेक वर्ष २६
जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *