लोकदोहोरी गायक भीम पौडेलको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङ्जा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।

उनी केही समयदेखि अस्वस्थ रहेकोमा बिहीबार राति घरमै निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बीजीले बताए।

पछिल्लो समय लाइभ दोहोरीमा लोकप्रिय रहेका पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षति बेहोरेको उनले बताए।

विगत दुई महिनादेखि बिरामी भएर उपचार गराइरहनु भएका पौडेलको रक्तअल्पताको कारण निधन भएको हो। पौडेलको पार्थिव शरीरलाई आज कास्कीको पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने छ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत लोकगायक पौडेलको अल्पायुमै भएको दुःखद् निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन्। प्रधानमन्त्रीले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा गहिरो समवेदनासमेत प्रकट गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर