बंगलादेशमा हुने महिला साफ यू-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीकाे बिदाइ

बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला यू-२० टोलीलाई मंगलबार बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार मुख्यालमा एक कार्यक्रम आयोजना गरेर महिला टोलीको बिदाइ गरेको हो । फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधिको लक्ष्य लिएको छ । नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले तयारी राम्रो भएको बताए। उनले तयारीको सम्बन्धमा अवधि छोटो भएपनि अभ्यासका क्रममा खेलाडीको प्रदर्शनमा उल्लेख्य प्रदर्शन भएको भन्दै प्रतियोगितामा सुखद् नतिजा निकाल्नेमा आशावादी रहेको प्रतिक्रिया दिए।

अघिल्ला संस्करणमा उपविजेतासम्म बनेको टोलीले यसपटक राम्रो गर्न दबाब भएको गुरुङले बताए।

दक्षिण एशियाली राष्ट्रहरुको प्रतिष्ठित प्रतियोगिता साफ फुटबल अन्तर्गतगको महिला यू-२० को चौथो संस्करण बंगलादेशको ढाकामा आयोजना हुँदैछ । फेब्रुअरी पहिलो साताबाट आयोजना हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित भारत, भुटान र नेपालले सहभागिता जनाउँदैछन् । नेपाली टोलीकी कप्तान प्रिती राईले पनि छोटो समयको तयारी राम्रो भएको र अभ्यास अनुसार खेल्न सके नेपाली टोलीले अपेक्षा अनुसारको नतिजा निकाल्ने बताए।

प्रतियोगिताको तयारी विगतको भन्दा भिन्न र राम्रो भएको भन्दै राम्रो गर्नेमा आफू आशावादी भएको बताए। प्रतिष्पर्धी टोली भारत र बंगलादेशमा अनुभवि र यु–१७ विश्वकप खेलेका खेलाडी भएपनि नेपाली टोलीले स्वभाविक खेलबाट सुखद् नतिजाको लक्ष्य लिएको राईले बताए।

अघिल्ला संस्करण साफ यू-१८, साफ यू-१९ नाममाबाट आयोजना हुँदै आएको यो प्रतियोगिता अहिल भने यू-२० बाट हुन लागेको हो। अघिल्लो इतिहास हेर्दा उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपाली महिला टोली ढाकामा आयोजना हुने चौथो संस्करणमा च्याम्पियन बन्ने लक्ष्य राखेको छ।

च्याम्पियनसिपका लागि प्रिती राईको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ । मुख्य प्रशिक्षक गुरुङले २३ सदस्सीय टोलीको घोषणा गर्नुभएको थियो। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपालले पहिलो खेल बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ भने सोही दिन भारत र भुटानबीच पनि खेल हुनेछ। त्यसको दुई दिनपछि फेब्रुअरी ५ मा नेपालले भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिगको अन्तिम खेल खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *