‘सरकारले ग्राउण्ड स्तरसम्म लगानीयोग्य रकम प्रवाह गर्नसके मात्रै निजी क्षेत्रको मनोबल उच्च हुन्छ’

सरकारले स्थानीय स्तरसम्म लगानीयोग्य रकम प्रवाह गर्न सकेमात्रै निजी क्षेत्रको मनोबल उच्च हुने व्यवसायीहरुले बताएका छन् । चुनौतिपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाएर सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन आवश्यक रहेको व्यवसायीहरुले बताएका हन् ।

बुधवार आर्थिक मिडिया सञ्चालक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यवसायीहरुले सरकारले स्थानीय स्तरसम्म लगानीयोग्य रकम प्रवाह गर्नसके मात्रै निजी क्षेत्रको मनोबल उच्च हुने बताए । उनीहरुले निजी क्षेत्रको मनोबल उच्च भए मात्रै उद्योग क्षेत्रमा लगानी बढ्ने दाबी गरे । उनीहरुले विगतमा सरकारले लिएका अर्थनीतिहरुमा एक्कासी परिमार्जन गर्दा अर्थतन्त्रमा देखिएका समस्याले उद्योगी व्यवसायीहरु मारमा परेको बताए । अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले शेयर बजारमा गरेको कडाइका कारण अर्थतन्त्रमा समस्या देखिएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको चुनौतिपूर्ण अर्थतन्त्रलाई माथि उकास्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय तरलता,शोधानान्तर स्थितिमा अर्थतन्त्र बचेको अवस्था रहेको बताए । उनले नेपालको अर्थतन्त्र बंगलादेश,श्रीलंका र पाकिस्तानको भन्दा धेरै राम्रो अवस्थामा रहेको बताए । उनले सरकारले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि लगानीयोग्य रकम स्थानीय तहसम्म प्रवाह हुन जरुरी रहेको बताए । अध्यक्ष गोल्छाले स्थानीय तहसम्म लगानीयोग्य रकम कसरी प्रवाह हुनसके मात्रै बजार चलायमान हुने बताए । उनले ग्राउण्ड लेभलसम्म तरलता सहजता भए २० प्रतिशत संकुचन आएको राजश्व पनि उठ्ने र निजी क्षेत्रको मनोबल उच्च भई लगानी बढ्ने दाबी गरे ।

उनले अघिल्लो आर्थिक वर्षको राष्ट्र बैंकको मौद्रिक नीतिमा शेयर धितोकर्जाको लागि ४-१२ को नीति ल्याएकाले मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको दाबी गरे । उनले नेपालको पुँजीबजारमा ४० लाख भन्दा बढी डिम्याट खाता लगानीकर्ताहरुको रहेको बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीतिमा ४-१२ को शेयर धिताकर्जामा सीमा लगाउँदा नेप्पे ३ हजार अंक माथि रहेको बताए । उनले शेयर धितोकर्जामा लगाइको सिमाले ४० लाख लगानीकर्तामा मानसिक रुपमा असर पर्दा शेयर बजार संकटमा परेको बताए ।

उनले शेयर बजार संकटमा पर्दा राज्यले दुई महिनाको अग्रिम कर बापत पाउने ६ अर्ब कर समेत गुमेको बताए । अध्यक्ष गोल्छाले राष्ट्रले शेयर धिातोकर्जामा सीमा निर्धारण गर्दा बैंकिङ प्रणालीको निक्षेपमा सरदर ४७.५० खर्ब रहेको र कुल कर्जा ४४.५ खर्ब, शेयर धितोकर्जामा १.०२ खर्ब अर्थात कुल कर्जाको २.२९ प्रतिशत मात्रै प्रवाह भएकाले नेपालमा पुँजीबजारको आवश्यकता देखिएको बताए । उनले वर्तमान सरकार आएसँगै पुँजीबजार सुधार हुँदै गएको बताए ।

त्यस्तै,नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले वर्तमान सरकारको पहिलो आवश्यकता निजी क्षेत्रको मनोबल कसरी उच्च बनाउनेमा केन्द्रित हुनुपर्ने बताए । उनले पछिल्लो समय निजी क्षेत्र बैंकको उच्च व्याजदरको कारण समस्यामा रहेको भन्दै बैंकको बेसरेट र निक्षेपको ब्याजदर वृद्धि गर्दा कर्जाको ब्याजदरमा समेत उच्च भएको बताए। उनले बैंकहरुले विगतमा पैसा धेरै हुँदा २ प्रतिशतसम्म कर्जा दिएर अहिले ७ प्रतिशतसम्म ब्याजदर कायम गर्दा बैंकको ब्याजदर उच्च भएर निजी क्षेत्र मारमा परेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर