राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्यो एकीकृत समाजवादी

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। सो पार्टीको आइतबार सम्पन्न केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकले आगामी २०८० साल फागुन महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारीको कामलाई अघि बढाउने निर्णय गरेको हो।

त्यसका लागि आगामी जेठ महिना पार्टीको स्थानीय कमिटीदेखि प्रदेश कमिटीसम्मको गठन, पुनर्गठनलगायतका सम्पूर्ण कामहरू सम्पन्न गर्ने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनले अब पार्टीको ध्यान सम्पूर्ण रूपमा महाधिवेशनमा केन्द्रित हुने बताए।

त्यसैगरी बैठकले संविधान र मुलुकको राष्ट्रियतालाई जोगाउनका लागि दृढतापूर्वक उभिने निर्णय पनि गरेको छ। कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध बनाउने दिशामा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न पहल गर्ने निर्णय पनि गरिएको प्रवक्ता खतिवडाले बताए। बैठकमा नेताहरूले आगामी ४ वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पार्टीको बलियो उपस्थिति हुने गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर