कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न मिल्दैन : नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने कांग्रेसले यदि राष्ट्रपतिमा लोभ गरेको हो भने त्यो जस्तो नराम्रो दृष्टिकोण अरू केही पनि नहुने उनको भनाइ छ।

रफ्त सञ्चार क्लवको १३ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणापत्रभन्दा बाहिर जाने छुट कुनै पनि राजनीतिक दलहरूलाई नरहेको पनि बताए। सत्तारूढ गठबन्धन प्रजातान्त्रिक नभएको भन्दै अध्यक्ष बिजुक्छेले असन्तुष्टिसमेत व्यक्त गरे।

अध्यक्ष बिजुक्छेले चुनावअघि र पछि पनि साझा घोषणापत्रअनुसार अघि बढ्न नसक्ने गरी गरिएको राजनीतिक गठबन्धनको कुनै अर्थ नहुने दावी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *