एथलेटिक्स : महिला ५ हजार मिटरमा धादिङकी सन्तोषीलाई स्वर्ण

गोल्डेन एथलेटिक्स मिटअन्तर्गत महिला ५ हजार मिटरमा धादिङकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । एथलेटिक्स परिवार नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ५ हजार मिटर दौडमा सन्तोषीले निर्धारित दूरी १७ मिनेट ३७ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसै स्पर्धामा पुलिसकी राममाया बुढाले १८ मिनेट ४४ सेकेण्डको समय निकाल्दै दोस्रो र पुलिसकै रेखा विष्ट १८ मिनेट ४५ सेकेण्डको समय निकाल्दै तेस्रो बनिन् ।

यस्तै, ५ हजार मिटर पुरुष दौडमा एपीएफका सञ्जीव नेपाली पहिलो भए । उनले निर्धारित दूरी १५ मिनेट ५३ दशमलव ०३ सेकेण्डमा पूरा गरे । पुलिसका सन्तोषनाथ योगी १५ मिनेट ५६ दशमलव ०६ सेकेण्डको समय निकाल्दै दोस्रो र पुलिसकै प्रकाश सिंह १६ मिनेट ०२ सेकेण्डको समयको साथ तेस्रो भए । महिला ५ हजार मिटरमा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो बनिन् । उनले निर्धारित दूरी १७ मिनेट ३७ सेकेण्डमा पार गरिन् । पुलिसकी राममाया बुढा १८ मिनेट ४४ सेकेण्डको समय निकाल्दै दोस्रो र पुलिसकै रेखा विष्ट १८ मिनेट ४५ सेकेण्डको समय निकाल्दै तेस्रो बनिन् ।

पुरुष दुई समय मिटर दौडमा एपीएफका शिवराज पार्कीले २२ दशमलव ३७ सेकेण्डको समय निकाल्दै पहिलो बने । एपीएफकै निरप्रताप महतोले २२ दशमलव ८१ सेकेण्डको समयमा दोस्रो र काठमाडौंका अरुण महतो २३ दशमलव ०५ सेकेण्डको समय निकाल्दै तेस्रो बने । महिला स्पर्धामा दाङकी निशा चौधरी २५ दशमलव ७१ सेकेण्डको समय निकाल्दै पहिलो बनिन् । एपीएफकी रमिताकुमारी थारुले २६ दशमलव ७२ सेकेण्डको समय निकाल्दै दोस्रो र पुलिसकी लक्ष्मी साउदले २८ दशमलव ४६ सेकेण्डको समय निकाल्दै तेस्रो बनिन् ।

पुरुष ८ सय मिटर दौडमा पुलिसका तेजबहादुर कार्की १ मिनेट ५८ दशमलव ४ सेकेण्डको समय निकाल्दै पहिलो बने । पुलिसका नागेश्वर ऐर १ मिनेट ५८ दशमलव ९ सेकेण्डको समयमा दोस्रो र सुदूरपश्चिमका कुशल जैशी २ मिनेट ०३ दशमलव ९ सेकेण्डको समय निकाल्दै तेस्रो बने । महिला ८ सय मिटरमा एपीएफकी फूलमती राना २ मिनेट २३ दशमलव ५ सेकेण्डको समय निकाल्दै पहिलो, एपीएफकै आशा रावत २ मिनेट २९ दशमलव ३ सेकेण्डको समय निकाल्दै दोस्रो र सीमा चौधरी २ मिनेट ३२ दशमलव ४ सेकेण्डको समय निकाल्दै तेस्रो बनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर