यूएसएआईडी प्रमुख सामन्था पावर काठमाडौंमा

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी)की प्रमुख सामन्था पावर मंगलबार बिहान काठमाडौं आइपुगेकी छन्। काठमाडौं ओर्लिएलगत्तै उनी भक्तपुरको सानोठिमीस्थित आदर्श मावि पुगेकी छन् ।

उनले स्कुलका विद्यार्थीहरूसँग बास्केटबल खेल्ने र अन्तर्क्रिरया गर्ने कार्यक्रम छ। उनलाई स्कुलका विद्यार्थीहरूले परम्परागत नेवारी नाच देखाएर स्वागत गरेका थिए।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आएकी हुन्।

उनी क्याबिनेट स्तरकी उच्च अधिकारी हुन्। साथै उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन्।

पावरको भ्रमणका विषयमा यूएसएडले गत बुधबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो।

यूएसएडको विज्ञप्तिअनुसार भ्रमणका क्रममा पावरले नेपालको सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने उल्लेख छ।

साथै यहाँको नागरिक समाज, सामुदायिक समूहहरू, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटेर लोकतान्त्र, समृद्धि र समावेशीका लागि भइरहेका प्रयास र उपलब्धिहरूबारे छलफल हुनेछ।

पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *