खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउन आवश्यक छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउन सके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताएका छन्। बिहीबार सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताएका हुन्।

उनले खेलकुदले शारीरिक, मानसिक विकास मात्रै नभई सहकार्यलाई पनि बढाउन सहयोग गर्ने बताए। उनले पहिला शारीरिक श्रमले शरीरलाई तन्दुरुस्त बनाउने गरे पनि मानिसहरू अहिले मानसिक काममा नै बढी केन्द्रित हुन पुगेकाले खेलकुदकै माध्यमबाट शरीरलाई तन्दुरुस्त राख्नुपर्ने अवस्था रहेको बताए। उनले सार्वजनिक संस्थानहरूले गर्ने खेल क्षेत्रका कार्यक्रमलाई तल्लो स्तरबाट नै अघि बढाउन सके खेलकुदमा युवाहरूको आकर्षण बढ्ने बताए।

सभामुख घिमिरेले खेलकुदलाई सुव्यवस्थित बनाएर खेल क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउँदै खेलकुदले देशमा आत्मीयता र गौरव बढाउने बताए। उनले नेपालले खेलकुदमा प्रगति गरिरहे पनि पर्याप्त नभएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर