सुदूरपश्चिम प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले सम्बाेधन गर्दै, नागरिक उन्मुक्तिका सांसद अनुपस्थित

सुदूरपश्चिम प्रदेश सभाको बैठक जारी छ। बैठकबाट मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने प्रयोजनका लागि बुधबारको बैठक बिहीबार दिउँसो १ बजेका लागि सारिएको थियो। तर पुनः ४ बजेका लागि सारियाे।

रावलले पुस २७ गते मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनले माओवादी केन्द्र (११), एमाले (१०), नागरिक उन्मुक्ति पार्टी (७) र राप्रपा (१) को समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। दाबी पेस गर्दा उनलाई २९ सांसदको समर्थन देखिन्थ्यो। तर, समर्थन गरेकोमध्ये नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताइसकेकाे छ। बैठकमा यस दलका सांसद पनि अनुपस्थित छन्। उन्मुक्तिका सांसदले मत नदिए सुदूरपश्चिम सरकार ढल्ने लगभग निश्चित जस्तै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर