महिना दिनमै ढल्याे एमाले नेतृत्वकाे सुदूरपश्चिम सरकार, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल विश्वासको मत पाउन असफल भएका छन्। प्रदेश सभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नका लागि पेस गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उनले बहुमत पाउन नसकेका हुन्  यससँगै गठन भएको एक महिनामै सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ।

‘हुन्छ भन्ने माननीय सदस्यहरूको संख्याभन्दा हुन्न भन्ने माननीय सदस्यहरूको संख्या अधिक देखिएकाले माननीय मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पेस गरेको विश्वासको मत प्राप्त होस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु,’ बैठकमा सभामुखले भण्डारीले भने ।
यससँगै प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

उनलाई समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएसँगै रावलले विश्वासको मतका लागि संख्या पुर्‍याउन नसकेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर