संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा खड्का, उपाध्यक्षमा पर्दाफासका खरेल

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राष्ट्रिय समाचार समितिकी कालिका खड्का सर्वसम्मत निर्वाचित भएकी छन्।

उपाध्यक्षमा पर्दाफास डटकमका प्रधानसम्पादक दीपक खरेल, महिला उपाध्यक्षमा नागरिक दैनिककी भाषा शर्मा, महासचिवमा राजधानी दैनिकका निराजन पौडेल,सचिवमा नयाँ पत्रिका दैनिककी शिल्पा कर्ण, कोषाध्यक्षमा ग्यालेक्सी फोर केका बासु खड्का, सदस्यहरूमा न्यूज एजेन्सी नेपालका सविन धमला र रेडियो नेपालका अर्जुन श्रेष्ठ चयन भएका छन्।

साधारण सभाको शुभकामना उद्घाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कानून पत्रकारहरूले समाचार लेख्दा र सम्पादन गर्दा पत्रकार आचारसंहिता उलंघनका घटना कम हुने गरेको बताए। उनले कानून क्षेत्रमा कलम चलाउने पत्रकारहरू कानूनका विद्यार्थी भएकाले परिपक्वता भएको अनुभव सुनाए।

अनलाइन खबरका प्रधानसम्पादक शिव गाउँललेले मञ्चको स्थापना र कानून क्षेत्रका विसंगति उत्खन्नको विगत र वर्तमानका विषयमा प्रकाश पारे। उनले विगतमा भन्दा अहिले कन पत्रकारिताको क्षेत्र फराकिलो भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर