इन्टरपोलको २४औं एशियाली क्षेत्रीय सम्मेलन सम्पन्न

संयुक्त अरब इमिरेट्सको अबुधाबीमा माघ २४ देखि २६ गतेसम्म सञ्चालन भएको इन्टरपोलको २४औं एशियाली क्षेत्रीय सम्मेलन बिहीबार सम्पन्न भएको छ।

नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौं नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत उक्त सम्मेलनमा सहभागी भएका थिए।

त्रिदिवसीय उक्त सम्मेलनमा एशियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधिमण्डल तथा विभिन्न सरोकारवाला निकायहरूबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवादजस्ता अन्तरदेशीय अपराधहरूको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वयलगायतका विषयहरूमा बृहत् छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर