विदेशी अधिकारीसँग विकास सहायता र आर्थिक कूटनीतिमा छलफल भयो : परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आएका विदेशी अधिकारीहरूसँग सरकारले विकास सहायता र आर्थिक कूटनीतिमा छलफल गरेको बताएकी छन्। शुक्रबार संसद्को दुवै सदनको बैठकपछि संसद् भवन बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पौड्यालले नेपाल भ्रमणमा आएका विदेशी अधिकारीहरूसँग विकास सहायता र आर्थिक कूटनीतिको विषयमा कुरा भएको बताएकी हुन्।

उनले दुई देशबीचका व्यापार सम्बन्धको विषयमा पनि कुरा भएको उल्लेख गरिन्। मन्त्री पौड्यालले भूराजनीतिक विषयमा कुनै पनि भ्रमणमा कुरा नभएको स्पष्ट पारिन्।

उनले आफूहरूले मित्रराष्ट्रहरूलाई विकास साझेदार ठानेको बताइन्। विकास र कूटनीतिमा सहयोग मागेको पनि उनले बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर