नेपाली सेनाकाे अधिकृत क्याडेट पदको भर्ना प्रक्रिया सुरु

नेपाली सेनाको सैन्य पद तथा अधिकृत क्याडेट पदको भर्ना प्रक्रिया पुनः सुरु भएको छ। मंसिर १२ गतेदेखि रोकिएको भर्ना प्रक्रिया पुनः सुरु भएको सेनाले सूचना जारी गरी जनाएकाे हाे।

सेनाले आर्थिक वर्ष २०७९/०८० को रिक्त पदपूर्ति गर्न भर्ना प्रक्रिया सञ्चालन गरिरहेको थियो। त्यसका लागि गत २४ भदौमा सैन्य पदको र ३१ भदौमा सि.सं. ६४ अधिकृत क्याडेट/सि.सं. ४ स्नातक अधिकृत क्याडेट पदको भर्ना प्रक्रियाका लागि विज्ञापन गरिएको थियो ।

तर, भर्ना प्रक्रियाका सम्बन्धमा थारु कल्याणकारिणी सभाका केन्द्रीय महामन्त्री प्रेमिलालप्रसाद चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। उनले भर्ना प्रक्रियामा थारु समुदायलाई आरक्षणको व्यवस्था माग गर्दै दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि मंसिर १२ गतेदेखि भर्ना प्रक्रिया स्थगित गरिएको थियो।

सर्वोच्चको माघ २४ गतेको आदेशले भर्ना प्रक्रिया सुचारु गर्ने बाटो खुलाइदिएसँगै सेनाले भर्ना प्रक्रिया पुनः सुरु गरिएको जनाएको हो। सूचना जारी गर्दै सेनाले सैन्य पदको सम्पर्क मिति फागुन १० गतेलाई तोकेको छ।

यस्तै सि.सं.६४ अधिकृत क्याडेट/सि.सं.४ स्नातक अधिकृत क्याडेट पदको स्थगित परीक्षा पनि सोही दिनदेखि सञ्चालन हुने जनाएको छ। साथैसैन्य पद तथा अधिकृत क्याडेट पदको परीक्षासम्बन्धी कार्यतालिका अर्को सूचना प्रकाशन गरी जानकारी गराइने पनि सेनाले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *