परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग गणतन्त्र कोरियाका राष्ट्रपतिका सल्लाहकार सुङ मिन जङले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री डा. पौड्यालले गणतन्त्र कोरिया र नेपालबीचको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन, बौद्ध दर्शन र सांस्कृतिका आदानप्रदानलगायतका क्षेत्रमा सहकार्य अघि बढाउन कोरियन सरकारलाई गरेकी थिइन्।

सो अवसरमा सल्लाहकार सुङले ईपीएसअन्तर्गत १५ हजारभन्दा बढी नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताएका थिए। उनले परराष्ट्रमन्त्री डा. पौड्याललाई कोरियन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको समेत अवगत गराएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर