धोकापूर्वक ५२ हजार पाउन्ड दाबी गर्ने बेलायती सांसदलाई ४ वर्षको जेल सजाय

लागूपदार्थ सेवनका लागि करदाताको ५२ हजार पाउन्डमा दाबी गर्ने एक बेलायती सांसदलाई चार वर्षको जेल सजाय भएको छ । सांसदहरुको खर्चको नियमन गर्ने निकाय इन्डिपेन्डेन्ट पार्लियामेन्टरी स्ट्यान्डर्ड्स् अथोरिटी (आईपीएसए) लाई रकमका लागि नक्कली बिल पठाउने जेराड ओमारालाई जेल सजाय भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार उनलाई ड्रग डिलरको हजारौं पाउन्ड ऋण थियो । उनले सांसदको रुपमा चुनिएपछि एक वर्षअघि लेबर पार्टी छोडेका थिए । त्यसपछि उनलाई धोखाधडीको ६ मुद्दामा दोषी ठहराइएको थियो ।

ओमेराको तर्फबाट आईपीएसएमा कागजात जम्मा गर्ने ग्यारेथ आर्नोल्डलाई पनि १५ महिनाको जेल सजाय र दुई वर्षका लागि निलम्बन गरिएको छ । अदालतका अनुसार २४ पाउन्डको नक्कली कागजात आईपीएसएले खारेज गरेको छ भने ओमाराले रोजगारी शीर्षकमा खर्च गरेको २८ हजार पाउन्डलाई पनि नक्कली भनिएको छ ।

जुन २०१७ मा पूर्व उपप्रधानमन्त्री निक क्लेगलाई पराजित गरी उनी श्रम सांसदको रुपमा चुनिएका थिए । त्यसको एक वर्षमा नै उनले पार्टी छोडे । उनलाई सांसद बन्नुअघि एउटा अनलाइन पोस्टको टिप्पणीको विषयमा पार्टीले निलम्बन पनि गरेको थियो ।

४१ वर्षीय ओमाराले मुद्दाको क्रममा दक्षिण योर्कसायरस्थित निर्वाचन क्षेत्रका आफ्ना ७० हजार मतदातासँग माफी मागेका थिए । उनले २०१७ मा लेबर पार्टीले निलम्बन गर्नु अघि नै राजीनामा दिनुपर्ने जनाएका थिए । तर, न्यायाधीश टम बायलिस केसीले भने मार्फीलाई कपटपूर्ण भनेका छन् भने योजनाबद्ध रुपमा नै उनले धोखाधडी गरेको जनाएका छ ।

उनले नक्कली कम्पनी, नक्कली कर्मचारी, निर्वाचन क्षेत्रमा नक्कली प्रतिनिधि खडा गरेर काम गरेको झूठो विवरण पेस गरी रकम दाबी गरेको बीबीसीले जनाएको छ । यो घटनापछि लेबर पार्टीले उम्मेदवार चयनमा परिवर्तन गर्ने प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर