मन्त्रिपरिषद् बैठककाे निर्णय

परराष्ट्रमन्त्री पाैड्याल र स्वास्थ्यमन्त्री गिरी स्विटजरल्याण्ड जाने

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी स्विटजरल्याण्ड जाने निश्चित भएको छ।

फागुन ४ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीद्वय पौड्याल र गिरीलाई स्विटरजरल्याण्ड जान स्वीकृति दिने निर्णय गरेको हो। शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले यसबारे जानकारी गराएकी हुन्।

मन्त्री शर्माका अनुसार यही फागुन १५ देखि १८ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२औं सत्रमा परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन जान स्वीकृति दिने निर्णय भएको हो। यस्तै फागुन ११ देखि १२ सम्म स्विटजरल्याण्डमा हुने ५औं ग्लोबल मन्त्रीस्तरीय समिट अन प्यारेन सेफ्टी विशेष सम्मेलनमा भाग लिन मन्त्री पदम गिरीलाई जान स्वीकृति दिने निर्णय बैठकले गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *