प्रदर्शनमा सरकारी सम्पत्ति क्षति भए आन्दोलनकारीले नै तिर्नुपर्ने

विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएमा आयोजकले नै क्षतिको बिगो तिर्नुपर्ने भएको छ।

गृह मन्त्रालयले यससम्बन्धी छुट्टै कार्यविधि नै बनाएको छ। सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि, २०८१ आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले स्वीकृत गरेका हुन्।

सुशासन (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०६५ को नियम ९ अनुसार कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ।

आन्दोलनमा भएको क्षति मूल्याङ्कनको लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने र सो समितिको सिफारिसका आधारमा बिगो भराइने कार्यविधिमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *