‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतेदेखि प्रसारण हुने, अध्यक्षमा प्रियंका, निर्देशकमा दिनेश

हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को ‘मुन्द्रेको कमेडी क्लब’ आउँदो चैत्र २ गतेदेखि प्रसारण हुने भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच चैत्र २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण गर्ने गरी तेस्रो सिजनको मुन्द्रेको कमेडी सुरु हुने जानकारी गराइएको हो । शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहनेछिन् भने निर्देशकमा दिनेश डीसी छन् ।

त्यस्तै कलाकारहरूमा दमन रूपाखेती, प्रभात लामा, दिनेस काफ्ले र एलिना बाँस्कोटा रहेको कलाकार नेपालले बताए । उनले आवश्यक परेको खण्डमा थप कलाकार बोलाउने बताए ।

त्यस्तै अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा जोडिन पाएकोमा खुशी लागेको बताइन् । उनले सकेसम्म शोलाई उत्कृष्ट बनाउने प्रयासमा आफू हुने पनि बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *