सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको संसद्लाई जानकारी

नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।

आन्दोलनका क्रममा ट्याक्टरमा आगजनीको घटनामा सांसद चौधरी जेल परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर