स्पट फिक्सिङ आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको घटनामा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र जनकपुर रोयल्सबाट खेलेका आदिल अन्सारीलाई जनही तीन-तीन लाखमा छाड्न आदेश दिएको हो।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लिग सुरू भएदेखि नै शंकास्पद गतिविधि हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको थियो। लिगमा स्पट फिक्सिङको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान थालेको थियो।

अनुसन्धानको क्रममा सिआइबीले १२ जनालाई प्रतिवादी बनाएर काठमाडौं सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। कार्यालयले ५ जनाविरूद्धमात्रै मुद्दा दर्ता गरेको थियो। दुई जना फरार नै थिए। अन्यको ठेगाना नखुलेको भन्दै मुद्दा दर्ता गरिएको थिएन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर