चक्रपथ विस्तारमा प्राधिकरणका कारण कुनै पनि ठाउँमा समस्या छैन : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनै पनि ठाउँमा चक्रपथ विस्तारमा समस्या नरहेको स्पष्ट पारेका छन्।

बिहीबार दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलंकी-वसुन्धारा सडकखण्डको अवलोकनका लागि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सङसँगै अनुगमन एवं निरीक्षणका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हुन्।

उनले कलंकी-वसुन्धारा सडकखण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ती पोलहरू १५ दिनभित्रमा हटाइसक्ने बताए।

उनले भने, ‘अब यो रिङरोड विस्तारको कलंकी चाबहिलसम्मको बिस्तारमा हामीले पोल सार्ने काम सकिसकेका छौँ। एक÷दुई स्थानमा रोडको लेभल मिलाउनुपर्ने भएकाले १५ वटा जति पोल सार्न बाँकी रहेछ, १५ दिनजति लाग्छ। विद्युत प्राधिकरणको पोलको कारणले कुनैपनि ठाउँमा चक्रपथ विस्तारको लागि समस्या छैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *