अर्थमन्त्री पौडेल भारत प्रस्थान

अर्थमन्त्री विष्णु पाैडेल भारत प्रस्थान गरेका छन् । जी-२० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल बिहीबार भारत गएका हुन् । नेपाल जी-२० को सदस्य भने होइन । अहिले जी-२० को अध्यक्ष भारत छ ।

भारतले जी-२० सम्मेलनका दौरान नेपाललाई समेत निमन्त्रणा दिएका कारण उनी भारत गएको पौडेलको सचिवालयले जनाएको छ । सम्मेलन भारतको बैंग्लौरमा शुक्रबारदेखि सुरु हुँदैछ ।

दुई दिनसम्म चल्ने सम्मेलनका दौरान उनले भारत, चीनलगायत मुलुकका समकक्षीसँग छलफल गर्ने भएका छन् । उनी १३ फागुनमा काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *