सिंहदरबारमा माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक

सिंहदरबारमा राष्ट्रपतिका विषयमा छलफल गर्न तीन दलको बैठक जारी छ। राष्ट्रपतिका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच बैठक बसिरहेकाे हाे।

बैठकमा माओवादीबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन् ।

यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, नेताहरू वेदुराम भुसाल, घनश्याम भुसाल र प्रमेश हमाल छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि दलहरूले छलफललाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर