राज्यका निकाय गैरजिम्मेवार हुनु जनतामाथिको अपराध हो : तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सडक आयोजना निर्माणमा रहेको बेथिति अन्त्य गर्न आग्रह गरेकी छिन्।

शुक्रवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कार्कीले सडक विभाग‚ काठमाडौं उपत्यका खानेपानी लिमिटेड लगायत सरकारी निकायहरूले नै काम गर्न नसक्नु कसको स्वार्थ हो भन्दै प्रश्न गरेकी छिन्।

उनले काठमाडौं उपत्यकामा निर्माणाधीन सडक आयोजनाहरूको काम समयमै सम्पन्न गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराइन्। सांसद कार्कीले नेपाल सरकारको संघीय मन्त्रिपरिषद्को प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैंसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ भन्दै प्रश्न गरिन्।

उनले टुँडिखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाका कारण रोकिनु ठूला ठेकेदारको मिलोमतो र दबाव के हो भन्दै सरकारसँग जवाफ माग गरेकी छिन्।

उनले राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभई आमजनतामाथिको अपराध भएको उल्लेख गरिन्। उनले भौतिक पूर्वाधारमन्त्रीले सार्वजनिक निर्माणको काममा हुने ढिलासुस्ती र बेतिथि अविलम्ब समाधान गर्न माग गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *