
रहिनन् जसपा सांसद सहनाज रहमान


जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधन भएको छ। ६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए।
भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा खाना खाएर गफ गरिरहेको बेलामा एक्कासि उनलाई हृदयघात भएको यादवले बताए। त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो।
अस्पतालले उनलाई मृत घोषणा गरेको यादवले बताए।
रहमान जसपाकी केन्द्रीय सदस्य र महिला फोरमकी पूर्वअध्यक्ष थिइन्। उनी जसपाबाट समानुपातिक सांसद बनेकी थिइन्।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया