सन्दीपको रिटकाे सुनुवाइ बन्द इजलासमा

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतको बन्द इजलासमा बहस सुरु भएको छ।

सन्दीपका तर्फबाट बहस गरेका अधिवक्ता मुरारी सापकोटाले बन्द इजलासको माग गरेका थिए। उनको माग सम्बोधन गर्दै सरोकारवालाबाहेक सबैलाई इजलासबाट बाहिर पठाएर बहस सुरु गरिएको हो।

सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले गरेको पुरावेदन र सन्दीपले विदेशमा पनि खेल्न पाउनुपर्ने भन्दै हालेको निवेदनमा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस सुरु भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *