भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल स्वदेश फर्किएका छन् । भारतको बैंग्लौरमा आयोजित जी-२० का अर्थमन्त्रीहरूको सम्मेलनमा सहभागी भएर मन्त्री पौडेल शनिबार राति स्वदेश फर्किएका हुन्।

सम्मेलनमा भाग लिनुका साथै उनले भारतका अर्थमन्त्री निर्मला सीतारमण, चीनका अर्थ मन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका थिए।

जी-२० का अर्थमन्त्रीहरूको सम्मेलन शुक्रबार र शनिबार भएको थियो। सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडल ११ फागुनमा भारत गएका थिए। नेपाल जी-२० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर