राष्ट्रिय सभाद्वारा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

राष्ट्रिय सभाले जनता समाजवादी पार्टी, नेपालकी प्रतिनिधि सभा सांसद सहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

झापाको भद्रपुर निवासी स्वर्गीय सांसद रहमान जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभाको समानुपातिक सांसद थिइन् । उनको हृदयघातका कारण भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन १५ गते सोमबार दिउँसो १२ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *