बालुवाटारमा आठ दलको बैठक

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेकाे छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताको उपस्थिति रहेको छ ।

गत शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *