बिल बीजकभन्दा बढी लत्ताकपडा बोकेको ट्रक प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले बिल बीजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको ट्रक निण्न्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सियास्थित सडकखण्डबाट ना ६ ख ६२ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो।

बिल बीजकभन्दा बढी लत्ताकपडाहरू लोड गरेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार उक्त ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिल बीजकभन्दा बढी मालवस्तुहरू लोड रहेको तथा सो बिल बिजक शांकास्पद देखिएको अन्दाजी ९२ लाख ८८ हजार ४८ रुपैयाँ बराबरको लत्ताकपडाहरूसहित ट्रक नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए।

गिरीका अुनसार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि लत्तापकडा र ट्रक सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर