सन्दीप लामिछानेलाई आज युएई पठाउने तयारीमा क्यान

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले सन्दीप लामिछानेलाई आज युएई पठाउने तयारी गरेको छ । क्यानका सहसचिव दुर्गा पाठकका अनुसार लामिछानेलाई अन्य खेलाडीको स्थानमा पठाउन लागिएको हो ।

सर्वोच्च अदालतले लामिछानेलाई विदेश दिन लागेको रोक खुला गरिदिएपछि क्यानले युएई पठाउने तयारी गरेको थियो । त्यसका लागि आईसीसीसँग पनि अनुमति मागेको थियो ।

लामिछाने कुन खेलाडीलाई प्रतिस्थापन गर्दै जान लागेका हुन् भन्ने क्यानले खुलाइसकेको छैन । विश्व क्रिकेट लिग २ श्रृंखला खेलिरहेको नेपालको टोलीमा एक खेलाडी घाइते भएको र उनको स्थानमा लामिछानेलाई पठाउन लागिएको पाठकले बताए ।

नेपाली क्रिकेट टोलीले युएईमा जारी श्रृंखलामा पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरिसकेको छ । बिहीबार नेपाली टोलीले घरेलु टोली युएईसँग प्रतिस्पर्धा गर्दै छ । बलात्कार आरोप लागेको लामिछानेको मुद्दा हाल अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *