सेनाका कर्णेल शाह र लेफ्टिनेन्ट कर्णेल तिमिल्सिना नियन्त्रणमा

नेपाली सेनाले आफ्ना दुई अधिकारीहरु कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्णेल कुलदीप तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ । आर्थिक अनियमितताको आरोपमा सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई  सघाएकाे आराेपमा  उनीहरुलाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ ।

उच्च सैनिक स्राेतका अनुसार उपरथी शाहीसहितले मिलेर सेना बिरूद्व गंभिर षणयन्त्रकाे याेजना बनाएकाे विषयमा समेत काेर्ट मार्सलमा साेधपुछ भइरहेकाे छ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शाह र तिमिल्सिनालाई सोधपुछ गर्न लागिएको जानकारी पर्दाफासलाई दिए । उनीहरुमाथि सैनिक अनुशासन उल्लंघनको आरोप रहेको पनि प्रवक्ता भण्डारीले बताए ।

उपरथी शाही आफ्नो कार्यकालमा विभिन्न युनिटमा रहँदा अनियमितता गरेको आरोपमा सैनिक हिरासतमा छन् । उनीविरुद्ध छानबिन गर्न सैनिक मुख्यालले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो ।

समितिले बुझाएको प्रतिवेदनअनुसार सैनिक अदालतको प्रक्रियाअनुसार कर्णेल शाह र लेफ्टिनेन्ट कर्णेल तिमिल्सिनालाई नियन्त्रणमा लिइएको हो । ‘उहाँहरुलाई सैनिक अनुशासन उल्लंघनको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिइएको छ,’ प्रवक्ता भण्डारीले भने ।

याे पनि-

उपरथी प्रेम शाहीसहित तीनविरुद्ध उपरथी पाण्डेको नेतृत्वमा कोर्ट मार्सल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *