उपरथी प्रेम शाहीसहित तीनविरुद्ध उपरथी पाण्डेको नेतृत्वमा कोर्ट मार्सल

नेपाली सेनाले उपरथी प्रेम शाहीसहित पहिलो चरणमा तीन जनाविरुद्ध आर्थिक अनियमितता र सैनिक अनुशासन बिरुद्धको कारबाही सुरु गरेको छ । उपरथी शाहीसहित प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्लसेना बिरुद्ध उपरथी ताराध्वज पाण्डेको नेतृत्वमा गठन भएको कोर्ट मार्सलमा कारबाही सुरु भएको हो ।

सैनिक उच्च स्रोतका अनुसार प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उपरथी पाण्डेको नेतृत्वमा सात सदस्सीय कोर्ट मार्सल गठन भएको हो । उपरथी शाहीसहितको समूहले सेनापतिविरुद्ध  माेर्चाबन्दी गर्ने याेजना बनाएकाे र त्यसका विषयमा छलफल गरेको प्रमाण सैनिक मुख्यालयमा पुगेपछि दुई उपरथी, चार सहायक रथी र एकजना महासेनानीसहितको कोर्ट मार्सल गठन भएको हो ।

याे पनि-

उपरथी प्रेम शाहीविरुद्धको अनुसन्धान सकियो, कोर्ट मार्सल गठनको तयारीमा जंगी अड्डा

सैनिक ऐन-२०६३ भाग ८ को (६७) अनुसार अब उपरथी शाहीसहित आरोपीहरूको विषयमा रथीको नेतृत्वमा कोर्ट मार्सल गठन भएकाे हाे ।

कोर्ट मार्सलले आइतबारबाट काम थालेको छ । पहिलो सनवाईमा आरोपीहरुलाई निगरानी (सैनिक हिरासत) मा राखेर मुद्दाको सुनवाई गर्ने वा नगर्ने तथा आरोपीहरुले आफै प्रतिवादगर्ने वा कानूनी सल्लाहकार राख्ने भन्ने विषयमा बहस भइरहेको हो । स्रोतका अनुसार आइतबारको बहसपछि उपरथी शाहीसहितलाई बाहिर बसेर कोर्ट मार्सल कारबाहीमा सहभागी गराउने वा नगराउने विषय महत्वपूर्ण हुनेछ ।

सैनिक प्रवक्ता सहायकरथी ‍‍‍‍‍‍‍‍‍‍कृष्णप्रसाद भण्डारीले उपरथी प्रेम शाहीका सम्बन्धमा छानबिन समितिले दिएकाे प्रतिवेदनका आधारमा अदालती प्रक्रिया सुरु भएकाे पर्दाफासलाई बताए ।

याे पनि-

उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरीको छापा

उपरथी पाण्डेसहित उपरथी कृष्णदेव भट्ट, सहायक रथीहरु जीवन दाहाल (प्राड विवाक), पवन खत्री, प्रकाश देउजा र विष्णु राउत तथा महासेनानी नारायण बहादुर थापा कोर्ट मार्सलमा रहेका छन् ।

उपरथी शाहीसहितका बिरुद्ध सैनिक मुख्यालयमा लिखित उजुरी परेपछि प्रधानसेनापति प्रभुराम शर्माले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा कोर्ट अफ इन्क्वाइरी गठन गरेका थिए । उपरथी श्रेष्ठ नेतृत्वको कोर्ट अफ इन्क्वाइरीले दिएको रिपोर्टका आधारमा कोर्ट मार्सल गठन भएको हो ।

याे पनि-

उमेर छलेर रथी बन्ने दाउमा रहेका उपरथी प्रेम शाही अवकाशको मुखमा हिरासतमा

यस अवधिमा उपरथी शाही सैनिक निगरानीमा रहेका छन् । ५७ वर्षे उमेरहदका कारण शाही पुस २० बाट नियमित अवकाशमा जाँदै थिए। संगठनको १५ दिनअघि बिदा बस्ने परम्पराअनुसार उनले अवकाशपत्र पनि बुझिसकेका थिए ।

अवकाशपत्र लिएपछि उनले आफ्नो उमेर एक वर्ष बढी कायम गरिएको भन्दै सैनिक मुख्यालय र रक्षा मन्त्रालयविरुद्ध पुस ७ मा सर्वोच्च अदालतमा रिट दिएका थिए ।

उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगी अड्डा जाने तयारीमा थिए। त्यहीबीच पुस १९ गते उनलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएकाे थियाे ।

यी पनि-

सेनामा बेथिति–२: प्रधानसेनापति राणाले थुन्न आदेश दिएका उपरथी शाही, उमेर सच्याएर रथी बन्ने दाउमा

सेनामा बेथिति–१: उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम

सेनामा बेथिति–३: बेलायतमा देशको नाम राख्ने प्रमुख सेनानी गुरुङलाई अधिकार माग्दा बदेँलको बात 

सेनामा बेथिति–४: सेनापति निकटलाई भ्रष्टाचारमा ‘छुट’, कोअईकै काम किर्ते

सेनामा बेथिति–५: यस्तो छ कल्याणकारीदेखि प्रधानसेनापति कोष रकम हिनामिनाको फेहरिस्त 

सेनामा बेथिति–६: ‘सेटिङ–शासन’ बिरुद्ध प्रधानमन्त्री, रक्षामन्त्री र सेनापतिलाई उजुरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *