आज कतार जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

अति कम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतारको दोहा प्रस्थान गर्दैछन् ।

यही फागुन २१ देखि २५ गतेसम्म आयोजना हुन लागेकाे सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ प्रस्थान लागेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठ आज साँझ दोहा प्रस्थान गर्ने उनको सचिवालयले जनाएकाे छ ।

नेपालले यस वर्ष अति कम विकसित देशहरु (एलडीसी)को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ । यसअघि मालवीले अध्यक्षता ग्रहण गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद जीतेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारस्थित नेपाली राजदूतलगायत छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणका क्रममा एलडिसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनेछन् । त्यस्तै विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको परारष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै दोहामा रहेका नेपालीसँग मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ यही फागुन २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यसअघि यो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भनिएको थियो । तर, बदलिँदो राजनीतिक परिस्थिति, २५ गते हुने राष्ट्रपति निर्वाचन लगायतका कारण प्रचण्डले आफ्नो भ्रमण रद्द गरेपछि उपप्रधानमन्त्री श्रेष्ठ दोहा जान लागेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर