मिडियाहरू चर्चित नेता र चर्चाको विषयमा मात्रै दौडिए : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले महिलाहरूको सहभागिता र सक्रियताअनुसारको प्रचार हुन नसकेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।

उनले संसद् र अन्य संघसंस्थाहरूमा पनि महिलाहरूको सक्रियता र सहभागिता बढिरहेको भए पनि सञ्चारमाध्यमहरूले सोअनुसार प्रचारप्रसार नगरेको बताए। उनले आफू सभामुख भइसकेपछिका संसद् बैठकमा पनि महिला सांसदहरूले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमहरूले सक्रियताअनुसार प्रचार गर्न कन्जुस्याइँ गरेको बताए।

सभामुख घिमिरेले सञ्चारमाध्यमहरूले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको बताए। उनले संसद्मा पनि उल्लेख्य महिला सहभागिता र सञ्चारमाध्यमहरूको उपस्थिति नरहेको बताए।

सभामुख घिमिरेले संसद्ले संसद्मा महिलाहरूका लागि अस्थायी प्रकृतिका केही संरचनाहरू जरुरी रहेको र त्यो निर्माण गर्ने गरी संसद् सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेण्ड्ली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा आफू रहेको बताए। उनले सञ्चारमाध्यमहरूले संसद्को विषयवस्तुलाई महत्त्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै बढी ध्यान दिने गरेको गुनासो गरे।

सभामुख घिमिरेले सञ्चारमाध्यमहरूले नेताहरू र शीर्षकमा केन्द्रित नभई विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रसारण गर्नुपर्ने बताए। उनले विगतमा रोकिएको मिडियासम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्ने बताए। उनले संसद् सुसञ्चालन गर्ने कुरामा आफू स्पष्ट रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर