‘ए’ डिभिजन लिग : एपीएफ र चर्च ब्वाइजको विजयी सुरुवात

विभागीय टोली एपीएफ क्लव शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार थ्री स्टार क्लवलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सुखद् शुरुवात गरेको हो ।

एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एक÷एक गोल गरे । खेलको ७२ औं मिनेटमा मणिले फ्रिकिकमार्फत गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए । जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ ।

त्यस्तै आज नै च्यासल रंगशालामा भएको खेलमा नवप्रवेशी क्लव चर्च ब्वाइज युनाईटेडले स विजयी शुरुवात गरेको छ । च्यासल मैदानमा शनिवार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस क्लवलाई २–१ गोल अन्तरले पराजित गरेको हो । चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक÷एक गोल गरे । पुलिसका रवि पासवानले एक गोल फर्काए ।

खेलको १४ औं मिनेटमा रविले गोल गर्दै पुलिसलाई शुरुवाती अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा हार व्यहोर्न बाध्य भयो । पहिलो हाफको इन्जुरी समयमा आशिषले गोल गर्दै चर्चलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा फ्रान्कलिनले पेनाल्टीमा गोल गर्दै चर्चलाई २–१ को जित दिलाए । जितसँगै चर्चले पहिलो खेलमै ३ अंक जोडेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *