डीएसपी दीप्ति कार्की एफबीआई तालिममा छनाेट

नेपाल प्रहरीकी नायब उपरीक्षक (डीएसपी) दीप्ति कार्की अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) को नेशनल एकाडेमीका लागि छनोट भएकी छन्। यसमा नेपालबाट छनोट हुने उनी पहिलो महिला प्रहरी अधिकारीसमेत हुन्।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार उनले अमेरिकामा हुने १० हप्ते तालिममा भाग लिन पाउने छिन्। त्यहाँ उनले विश्वभरका कानून प्रवर्तन अधिकारीहरूसँग आफ्नो विज्ञता बाँड्ने मौका पाउने दूतावासले जनाएको छ।

 

नेपालले पहिलोपटक महिला नेतृत्वलाई यसका लागि मनोनयन गरेको थियो। कार्कीले यो अवसर पाएकोमा खुशी व्यक्त गरेकी छन्। नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्प्सनले कार्कीलाई बधाई दिँदै शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर