बैंक तथा वित्तीय संस्था ‘शत्रु’ भए : दुर्गा प्रसाईं

व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाहरुलाई ‘शत्रु’को संज्ञा दिएका छन् । आइतबार काठमाडौंको माइतीघरमा आयोजित एक कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाहरूले साथ दिने भन्दा पनि शत्रुको व्यवहार गरेको भन्दै आपत्ति जनाए ।

सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तीय संस्थाहरुको विरोधमा आन्दोलनको नै सुरुवात गर्नु परेको उनले बताए । प्रसाईंले १७ लाख परिवारको घर बैंक तथा वित्तीय संस्थाहरुले लिलामी गर्ने सूचना आफूले पाएको दावीसमेत गरे।

प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान संचालन गर्ने भन्दै काठमाडौंमा शनिबार (हिजो)बाट आन्दोलनको कार्यक्रम सुरु गरेका छन् । त्यसक्रममा उनका समर्थकहरुले गणतन्त्र, संघीयता खारेज हुनुपर्ने जिकिर गर्दै प्रर्दशन गरेका गरिरहेका छन् । गणतन्त्रमा नेता धधी हुने, जनता बैंकहरुको महंगो ब्याज तिर्न नसकेर आत्मदाह गर्नुपर्ने अवस्था आएकाले आफूहरुले विरोध गर्नु परेको प्रसाईंको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर