‘ए’ डिभिजन लिगमा चर्च ब्वाइजको लगातार दोस्रो जित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले लगातार दोस्रो जित निकालेको छ । मंगलबार दिउँसो एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एफसी खुमलटारलाई ३-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।

चर्च ब्वाइजको जितमा आशिष चापागाईंले दुई र एरिक विष्टले एक गोल गरे । खुमलटारका मेसुके ओलुमोउले एक गोल गरे । जितसँगै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चर्च ब्वाइजले २ खेलमा ६ अंक जोडेको छ । लिगको पहिलो खेलमा चर्च ब्वाइजले पुलिस क्लबलाई हराएको थियो । अर्को खेलमा थ्री स्टार र फ्रेण्ड्स क्लबले ३-३ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *