सुशासनका मुद्दामा सरकार गम्भीर नहुँदा अर्थतन्त्रको आन्तरिक सुधार हुन सकेन : स्वर्णिम वाग्ले

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा.स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारका लागि सरकार निर्मम ढंगले अघि बढ्नुपर्ने बताएका छन्। मंगलबार नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले अर्थतन्त्रको संरचनागत सुधार सजिलो नभएको भन्दै आगामी अर्थमन्त्रीले अप्रिय निर्णय गर्नुपर्ने अवस्था रहेको बताए। उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अब टालटुले नभई निर्मम भएर जानुपर्ने अवस्था आएको बताए। उनले सरकारले अर्थतन्त्रको संरचनागत सुधारमा ढिलाइ गर्दा समस्या थप बढ्दै जाने भएको भन्दै आगामी सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिसहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

अहिले सामाजिक सुरक्षामा सरकारको दायित्व बढ्दै गएको तथा सार्वजनिक खर्च बढेको तर सरकारी राजस्व न्यून देखिँदा खर्च कटौतीमा सरकार निर्मम हुनुपर्ने बताए। उनले सामाजिक सुरक्षामा ठूलो समस्या रहेको पनि बताए। उनले सार्वजनिक खर्चमा निर्मम कटौती आवश्यक रहेको उल्लेख गरे।

डा. वाग्लेले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझाव कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए। उनले खर्च र आम्दानीको खाडल पुर्न सरकारले अप्रिय निर्णय गर्नुपर्ने बताए। उनले सुशासनका मुद्दामा सरकार गम्भीर नहुँदा अर्थतन्त्रको आन्तरिक सुधार हुन नसकेको दाबी गरे। विदेशी मुद्रा सञ्चिति बढाउन विप्रेषण बाहेकका वैकल्पिक स्रोत खोज्नुपर्ने पनि उनले बताए।

अर्थविद् वाग्लेले सार्वजनिक ऋणको सावाँ ब्याज तिर्न ठूलो रकम खर्च भइरहेको तथा सरकार र निजी क्षेत्रबाट समेत परिचालन भएको ऋणको तुलनामा आर्थिक वृद्धिदर निकै न्युन देखिनु चिन्ताजनक रहेको बताए।

उनले सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको सुझाव १६ वटा आयोग मात्रै राख्न भने पनि कार्यकर्ता पाल्नका लागि सरकारले छुनसमेत नसकेको बताए। निर्यातका लागि राज्य र उद्योगी व्यवसायीहरू नै लाग्दा पनि १ मिलियन डलर बराबरको निर्यात गर्न अझै नसकेको बताए। उनले १ मिलियन डलरभन्दा बढी ३० हजार युवाले डिजिटल प्रविधिमार्फत विदेशी डलर ल्याएको बताए।

उनले बैंकहरूले एकैपटक उच्च ब्याजदर बढाउन नहुने बताए। उनले अनुत्पादक क्षेत्रमा धेरै कर्जा प्रवाह भएकाले बैंकहरूलाई नै समस्या पर्ने देखिएको बताए। उनले नेपालको माथि उठेको बैंकिङ उद्योग पनि धराशायी भयो भने अर्थतन्त्र झनै समस्यामा पर्ने बताए। उनले बैंकको ब्याजदर घटाउनका लागि एउटा छुट्टै टिम बनाएर सबैसँग छलफल गर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर