पाैडेल राष्ट्रपति निर्वाचित भएकाे प्रतिवेदन भण्डारीसमक्ष पेस

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका छन्।शुक्रबार राष्ट्रपति कार्यालयमा गएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले प्रतिवेदन पेस गरेका हुन्।

थपलियाले संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम पौडेल राष्ट्रपतिमा निर्वाचित भएको प्रतिवेदन पेश गरेका हुन्।

बिहीबार भएको चुनावमा पौडेलले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर