उपराष्ट्रपति निर्वाचन-२०७९

जसपाको आधिकारिक उम्मेदवार को भन्ने भोलि थाहा हुन्छ : प्रमिला कुमारी

जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिला कुमारीले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार थाहा हुने बताएकी छन्।

शनिबार उपराष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेसँगै उम्मेदवार कुमारीले जनता समाजवादी पार्टीको तर्फबाट दुई जनाको उम्मेदवारी परेको भन्दै आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार (भोलि) थाहा हुने बताएकी हुन्।

उनले आफुले चुनावसम्मकै लागि उम्मेदवारी दिएको उल्लेख गर्दै जित्नका लागि उम्मेदवारी दिएको बताइन्। आफ्नो पार्टीबाट दुई जनाको उम्मेदवारी परे पनि पार्टीले गर्ने निर्णयलाई आफूले मान्ने उनको भनाइ छ। उनले उपराष्ट्रपतिको निर्वाचन आफूले जित्ने दाबी गरिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर