म मन्त्री बन्दिनँ, बन्न मिल्दैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन्।

आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताए।

उनले आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा सरकारको काम हेर्ने बताए। उनले सरकारले परिणाम दिन सकेन भने ५ वर्ष खेर जाने बताए।

महामन्त्री थापाले राजनीतिक दलहरू खुशी हुँदैमा जनता खुशी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गरे। उनले सरकार बन्ने कुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने बताए। उनले नेपालमा पूर्वप्रधानमन्त्रीहरूको क्लबबाट नै आलोपालो प्रधानमन्त्री अभ्यास रहे पनि सरकारले नागरिकलाई सेवा सुविधाहरू दिन सक्नुपर्ने बताए।

महामन्त्री थापाले सरकारसँग ५ वर्षमा जनताको भरोसा रहन्छ कि रहँदैन भन्ने सोचेर काम गर्नुपर्ने बताए। उनले प्रधानमन्त्री गठबन्धनको नेता नभई सरकारको नेता हुन सक्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *